रामेछाप-दोलखामा खिम्ती-घ्वाङ खोला हाइड्रो बन्ने, एनएमबि बैंकद्वारा १२४ करोड लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रामेछाप-दोलखामा खिम्ती-घ्वाङ खोला हाइड्रो बन्ने, एनएमबि बैंकद्वारा १२४ करोड लगानी



काठमाडाैँ । वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने गरि आज २०८३ श्रावण १२ गते सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा एनएमबी बैंकको तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कम्पनीले दोलखा जिल्लाको जिरी न.पा. वडा नं. १ र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा. वडा नं. १ को मिा भएर बहने खिम्ती-घ्वाङ् खोलामा आयोजना निर्माण गरिरहेको छ। यो आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाको लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि, हाईड्रो मेकानीकल र ईलेक्ट्रो मेकानीकल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजना निर्माणका लागि लाग्ने १ खर्व ८० करोड मध्ये १२४ करोड ऋण लगानीको लागि एनएमबि बैंकसँग सम्झौता भएको हो । बाँकी ५६ करोड मध्ये रु ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको जानकारी प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले बताए । उनका अनुसार गौरिशंकर संरक्षण क्षेत्र भित्र निर्माण हुने यो आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजना मध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तरा मापदण्ड पुरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुने छ ।

प्रकाशित : 28 July, 2026 5:30 pm