काठमाडौं । चर्चित कथावाचिका राधिका दासीको चरित्रहत्या गरेको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न भिडियो सामग्री सार्वजनिक गरेको आरोपमा केसीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसूर सम्बन्धी मुद्दामा एक दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।
पछिल्लो समय वेदिका केसीले सामाजिक सञ्जालमा कथावाचिका राधिका दासीलाई लक्षित गर्दै विभिन्न भिडियोहरू सार्वजनिक गर्दै आएकी थिइन्। ती सामग्रीका आधारमा उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान सुरु गरी उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


Comment