बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी शेयर लगानी गर्ने निर्णय बुद्धभूमि नेपाल हाइड्रोको सञ्चालक समितिले गरेको हो । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समिति बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको छ।

जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार बुद्धभूमिले नयाँ आयोजनामा प्रवेश गर्न लागेको हो। पछिल्लो समय जलविद्युत कम्पनीहरूबीच उत्पादन क्षमता विस्तार, आयोजना पोर्टफोलियो वृद्धि तथा दीर्घकालीन आम्दानी सुनिश्चित गर्न एकअर्काका आयोजनामा रणनीतिक लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ।

प्रकाशित : 22 July, 2026 1:05 pm