गैरकानुनी फुटवेयरको उत्पादन र बिक्री नगर्न विभागको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गैरकानुनी फुटवेयरको उत्पादन र बिक्री नगर्न विभागको चेतावनी



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा उत्पादन, आयात तथा बिक्री–वितरण भइरहेका फुटवेयर (जुत्ता–चप्पल) प्रति सचेत रहन र त्यस्ता गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

शुक्रबार जारी सार्वजनिक सूचनामा विभागले बजारमा लेबलविहीन, नक्कली, न्यून गुणस्तरका तथा चोरी पैठारी गरिएका जुत्ता–चप्पल भौतिक तथा अनलाइन माध्यमबाट बिक्री भइरहेको सम्बन्धमा विभिन्न गुनासा र उजुरी प्राप्त भएकाले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ ले उत्पादकलाई कानुनले तोकेको विवरणसहितको लेबल वस्तुमा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ। यस्तै, दफा ८ अनुसार पैठारीकर्ताले वस्तु आयात गर्दा कानुनमा उल्लेख गरिएका सबै मापदण्ड र शर्तहरू पूरा गर्नुपर्ने हुन्छ।

त्यसैगरी, ऐनको दफा ११ अनुसार बिक्रेताले कानुनी दायित्व पालना गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ।

प्रकाशित : 19 July, 2026 11:51 am