वर्षाले अवरुद्ध सवारी पुनः सञ्चालन, यातायातमा सहज (तस्बिरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वर्षाले अवरुद्ध सवारी पुनः सञ्चालन, यातायातमा सहज (तस्बिरहरू)



काठमाडौं । लगातार परेको वर्षाका कारण सडकमा आएको बाढी, पहिरो, ढुंगा खस्ने लगायतका प्राकृतिक जोखिमका कारण अवरुद्ध भएका काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ ।

फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सडक मार्गमा सवारी सञ्चालनमा आएसँगै यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । सडक खुलेपछि नाका क्षेत्रमा देखिएको सवारी चापसमेत केही घटेको छ ।

प्रकाशित : 14 July, 2026 2:10 pm