कागजका केही पानाले बनाउछ तपाइलाई मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कागजका केही पानाले बनाउछ तपाइलाई मालामाल



अाजभोली महंगी बढ्दै गएको छ । महंगीका कारण अाफ्नो कमाइले परिवार चलाउन त के दुइजना श्रीमान र श्रीमतीको कमाइले पनि पुरा परिवार धान्न मुस्किल बन्दै गएको छ । बढ्दै गएको महंगीका कारण खर्च बढ्दै गर्दा बचत पनि हुन छाडेको छ । बच्चाको स्कुलको शुल्क तरकारी अादीले अाकाश छुन थालेको छ । तर समस्या बढ्दै गएको छ ।

सानाे लगानीबाट नै विस्तारै खर्च चलाउने सहज माध्यम मध्ये एक विकल्प हुन सक्छ शेयर । शेयर बजार अर्थव्यवस्थाको मेरुदण्ड मानिन्छ । विजनेशमा लागेकाहरुको मुख्य रोजी रोटीको माध्यम भनेको नै शेयर बजार नै हो भन्दा दुइ मत नहोला ।

सेयर बजारमा तपाइले विवेक पुर्याएर गरेको लगानीका अाधारमा प्रतिफल पाउने हो । यसका लागि तपाईलाई सेयर बजारको बारेमा अाधारभुत जानकारी हुन अावश्यक छ । त्यसका लागि सेयर बजारमा प्रवेश गर्नु भन्दा अगाडी तपाइले केही दिन यस्तो तयारी गर्नुस कि त्यसमा तपाईले अाफुले लिने लाभको ग्यारेन्टी होस । यसका लागि तपाईलाई चाहिन्छ एउटा डाइरी र पेन ।

सधै अार्थिक अखबार र अनलाईन पढ्ने बाँनी बसाल्नुस

अार्थिक पत्रिका र अार्थिक क्षेत्रका अनलाइन देख्ने वितिकै टाढैबाट नाक खुम्च्याएर भाग्न खोज्नु हुन्छ ? यो तपाईको भ्रम हो । तपाईले शेयर बजारबाट कमाउने सोचमा हुनुहुन्छ भने अार्थिक अनलाईन र अखबार नछुटाइ पढ्नुस । किन भने यस्ता अनलाईन र अखबारमा शेयर बजारमा प्रवेश गर्ने संजीवनी बुटी सम्मान हुन्छ । यस्ता कुरा अध्ययन गर्दा नियमित हुने शेयर बजारका हलचल बारे थोरै भएनी तपाईलाई जानकारी हुने छ ।

ठूला कम्पनीको सूची तयार गर्नुस्

तपाई सधै कुन कम्पनीमा जोडिनु हुन्छ । त्यो हामीलाई भन्दा तपाईलाई बढी थहा हुन्छ । त्यसैले सेयर बजारका ठूला कम्पनीको बारेमा केही सूचीहरु बनाउनुस । तपाइ सोच्नुस त तपाईले बनाउनु भएको ति ठूला कम्पनीमा तपाई हिस्सेदार बन्न सक्नु हुन्छ । ति कम्पनीलाई अाफ्नो डाइरीमा टिप्नुस र कम्पनीको अहिलेको अवस्था र अव अाउने अवस्थाको तुलना गर्नसु । त्यस पछि तपाईको अनुमानलाई वास्तविक बजारमा पुगेर बुझ्नुस । कुनै बेला तपाईको अनुमान सहि हुन सक्छ त कुनै बेला तपाईको अनुमान धेरै गलत पनि हुन सक्छ । यो कार्य लगातार महिनाै सम्म गर्नुस् । यो संगै शेयर बजारको घटबढलाई पनि ध्यान दिदै जानुहोस बिस्तारै यसको शैलि बुझदै जानु हुने छ र यसमा नै रमाउने अभिलाशा तपाईमा बढेर जाने छ ।

अाफ्नो परिश्रमको अाकलन गर्नुस

तपाइ अाफ्नो उदेश्यमा नजिक हुनु हुन्छ किनकी तपाईले कम्पनीका बारेमा हरेक कुराको जानकारी लइराख्नु भएको छ । त्यो स‌ंगै तपाईलाई ति अार्थिक अनलाइन र पत्रिकामा प्रकाशित बिषयहरुको पनि ध्यान जान थाल्छ । त्यस पछि शेयर बजारको बारेमा बुझने क्षमता बढेसंगै शेयर बजारमा लगानी गर्ने सोच बढेर अाउछ । र तपाइ बजारमा लगानी गर्न निश्कीनु हुन्छ । यो संगै सेयर बजारको कारोबार गर्ने अाधिकारिक कम्पनी ,ब्रोकर र अहिलेका टप कम्पनीको पनि तपाईलाई सल्लाह मिल्छ । तर बकाउमा भन्दा पनि तपाई सुझुबझका साथ लगानी गर्दा नै फाइदामा पुग्न सक्नु हुन्छ ।

शेयर बजारमा लगानी गर्नु मात्रै ठूलो कुरा होइन । यसको तरिकारलाई ठिक किसिमले बुझ्न जरुरी हुन्छ । त्यसैले तपाई कार्यलयमा अोभर टाइम गर्नु भन्दा केही सहज शेयर बजारमा लगानी गर्दा केही फाईदा पक्कै हुन्छ ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०७:५४