सिद्धार्थ बैंकको सातवटा शाखा समायोजन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको सातवटा शाखा समायोजन हुँदै



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो।

बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय कालिमाटी शाखा कार्यालयमा र नरदेवी शाखा कार्यालय पुतलीसडक शाखा कार्यालयमा गाभ्न लागेको हो।

त्यसैगरी ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा र पोखराको चिप्लेढुंगा र बुद्धचोकको शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो।

स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ। लकर समेत स्थानान्तरण हुने भएकाले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न ग्राहकलाई आग्रह समेत गरेको छ।

प्रकाशित : 3 July, 2026 11:17 am