कुसुम शाक्यलाई स्वावलम्बन लघुवित्तको अध्यक्षको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुसुम शाक्यलाई स्वावलम्बन लघुवित्तको अध्यक्षको जिम्मेवारी



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड को सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ। असार १० गते साँझ ५ बजे सम्पन्न समितिको बैठकले अध्यक्ष पदमा रहेका बेचन गिरी को स्थानमा स्वतन्त्र सञ्चालक प्रा।डा। कुसुम शाक्य लाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी, संस्थाका कम्पनी सचिव हाल तालिमका लागि विदेशमा रहेकाले उनी कार्यस्थलमा फर्किएर जिम्मेवारी सम्हाल्दासम्म कम्पनी सचिवको दायित्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नरेन्द्र सिंह विष्ट ले निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।

प्रकाशित : 25 June, 2026 11:30 am