प्रभु बैंकको संस्थापक शेयर बिक्री खुला, इच्छुक संस्थापकलाई आवेदन दिन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको संस्थापक शेयर बिक्री खुला, इच्छुक संस्थापकलाई आवेदन दिन आग्रह



काठमाडौं । प्रभु बैंकका ९ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएका छन्। बैंकले एक सूचना जारी गर्दै हाल उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूकै लागि बिक्री खुला गरेको जनाएको छ।

संस्थापक समूहका शेयरधनीहरूले तोकिएको अवधिभित्र शेयर खरिद गर्न इच्छुक भए आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सक्ने बैंकले जनाएको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियामकीय व्यवस्था अनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित : 23 June, 2026 9:40 am