काठमाडौं । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच नेटवर्क स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकाले केही दिन इन्टरनेट, टेलिफोन तथा एनटीटीभी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ।
कम्पनीले आइतबार सूचना जारी गर्दै नेटवर्कको गुणस्तर सुधार तथा सेवा थप प्रभावकारी बनाउन स्तरोन्नति कार्य गरिन लागिएको जानकारी दिएको हो। उक्त कार्यका क्रममा निर्धारित समयावधिमा सम्बन्धित क्षेत्रका सेवामा अवरोध आउन सक्ने टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार असार ८ गते सोमबार राति १० बजेदेखि आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय तथा आसपासका क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ।
त्यसैगरी, असार ९ गते मंगलबार राति १० बजेदेखि लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक, ब्रह्मा चोक, रामटोल तथा बाइपास रोड क्षेत्रका सेवाग्राही प्रभावित हुन सक्नेछन्।
असार १० गते बुधबार राति १० बजेदेखि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया क्षेत्रमा इन्टरनेट, टेलिफोन र एनटीटीभी सेवा अवरुद्ध हुन सक्ने जनाइएको छ।
यस्तै, असार ११ गते बिहीबार राति १० बजेदेखि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना क्षेत्र, तेजारथ टोल, मुरली बगैँचा, पावर हाउस चोक, गण्डक क्षेत्र, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकमको प्रादेशिक कार्यालय आसपासका सेवामा असर पर्न सक्नेछ।
टेलिकमका अनुसार असार १३ गते शनिबार बिहान ५ बजेदेखि माइस्थान, महावीर गल्ली, घण्टाघर क्षेत्र, रेडक्रस आसपास, श्रीपुर, रानीघाट र रामगढवा लगायतका स्थानमा पनि सेवा प्रभावित हुन सक्नेछ।







Comment