काठमाडाै ७ असार । युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरकe=”text-align: justify;”>बि.सं २०६७ मा यो आयोजनाको स्तरोन अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । उसले जेठ ३१ गते धितोपत्रमा अनुमति माग गरेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो ।
बि.सं २०६७ मा यो आयोजनाको स्तरोन्नती गरिएको हो । २०७२ मा गएको भूकम्पले आयोजना प्रभावित भएको थियो भने त्यसपछिको पहिरोले पनि केही समय आयोजना बन्द हुन पुगेको थियो । गत बैशाख १७ गतेबाट भने आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीमा ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको समेत सेयर स्वामित्व रहेको बताईएको छ ।
Comment