सिटिजन्स बैंकको ८ औं विशेष साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

Feature News

सिटिजन्स बैंकको ८ औं विशेष साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित

काठमाडौं । बुधबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बुधबार, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य कार्यालय , नारायणहिटी पथ, काठमाण्डौमा सभा सम्पन्न भएको हो ।

८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समुह क संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनी अनिल कुमार ज्ञवाली गरी १ जना र समुह ख सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनीहरु प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् ।

यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार शेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।

८ औं विशेष साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरु आ–आफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु रहनु भएको छ । प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको बाणिज्य बैंकमा करिव ९ वर्ष भन्दा बढी कार्यानुभवका साथै सेवामुलक उद्योग लगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् ।

बैंकका अर्का सञ्चालक अनिल कुमार ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।

अर्का सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । अर्थशास्त्रमा एमएससी र एमएको अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् । डा. राजेन्द्र पण्डितले विभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन्, जसमध्ये २०१७मा प्रबल जनसेवाश्री, २०२४ मालौरा बासी स्कॉलरशिप र २०२३–२४ मा ग्य्राजुएट स्कुल डिजर्टेसन असिस्टेन्टसिप प्रमुख छन् ।

सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुनुभएका सञ्चालक समितिका सदस्य श्रीमती हीमादेवी खड्का केसी, विभिन्न अन्र्तराष्ट्रिय विकास संस्थाहरू जस्तै युएनडिपी, आइएलओ, जिआइजेट, अक्सफ्याम जीबी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी कार्यानुभव रहेको छ । उहाँ आर्थिक पुनरुत्थान, रोजगारी प्रवद्र्धन, ःक्ःभ् विकास र सामाजिक लचिलोपनमा करिब युएसडी १०० मिलियनको विविध कार्यक्रम पोर्टफोलियाकोे नेतृत्व गरिसकेको अनुभव छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : ३ असार २०८३, बुधबार १४:३६ 17 June, 2026 2:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।