भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु



काठमाडौं ७ असार । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु भएको छ । बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा गोला प्रथाबाट ट्याक्सीको नम्बर वितरण सुरु भएको हो । तीन दिनसम्म चल्ने गोला प्रथाको पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण सुरु भएको हुन छ ।

यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । काभ्रेका भूकम्प पीडितलाई २०१, नुवाकोटका पीडितलाई १२५ र रामेछापका भूकम्प पीडितले १६५ वटा ट्याक्सीको नम्बर पाउनेछन् ।

बिहिबार दोलखाका २१४, सिन्धुलीका ४६ र सिन्धुपाल्चोकका २५३ गरि ५१३ पीडितलाई ट्याक्सी नम्बर प्रदान गरिनेछ । त्यस्तै, शुक्रबार भने काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ ११७, ओखलढुंगा ३०, गोरखा ७८ र रसुवाका ३० जना भूकम्प पीडितले ट्याक्सीको नम्बर पाउनेछन् ।

दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५१ हजार तीन सय १२ जनाले आवेदन दिएका छन् । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् ।

विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवोवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो ।

ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०५:२६