ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए । 

उनले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताए । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए । 

‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्रहरी प्रमुखज्यूले ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँग सहकार्य गरेर प्रडक्ट हस्तान्तरण भयो । यो सिस्टमले कति काम गर्छ हेर्न बाँकी छ ।’ 

कुनै जरिवाना तिर्न सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहज भएको महसुस भएको बताउँदै उनले त्यसको समाधानका लागि ई–चलान प्रणाली ल्याएको बताए ।

प्रकाशित : 15 June, 2026 12:04 pm