वेडिङ फोटो प्रतियोगिताको आबेदन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेडिङ फोटो प्रतियोगिताको आबेदन खुल्ला



काठमाडौं, ७  असार ।  काठमाडौं फोटोग्राफर संघले पाँचौं पटक क्यानन केपिए वेडिङ फोटो प्रतियोगिताकालागि आबेदन खुल्ला गरेको छ । काठमाडौं उपत्यकाका सबै फोटोग्राफर र फोटो ब्यबशायीलाई आबद्ध गरि फोटोग्राफरहरुको पेशागतस्तर माथि उठाउने उदेश्यले फोटो अवार्डको आयोजना गरिएको सिबि माउण्ट एण्ड फ्रेमिङ सेन्टरका प्रबन्ध निर्देशक च्याङ्बा लामाले बताए ।

यस प्रतियोगितामा प्रोफेशनल फोटो स्डुडियो तथा फोटोग्राफरले भाग लिन पाउने बताउँदै लामाले १ हजार भन्दा बढी फोटोग्राफर सहभागि हुने अपेक्षा संघले गरेको बताए ।
एकजना फोटोग्राफरले २ वटा सम्म फोटो समाबेश गर्न पाउने छन् । १० ह१२ अथवा ८ ह १२ साइजमा फोटो प्रिन्ट गरि सो फोटोको सफ्टकपिको साथमा फाराम भरी साउन २५ गते सम्ममा बुझाउनु पर्ने संघका अध्यक्ष भवदेब थापाले जानकारी दिए ।

यस प्रतियोगितामा विजयी हुनेले क्रमशः  FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit   प्रदान गरिनेछ ।

साउन ७ गते प्रतियोगिताको बिजेता घोषणा कार्यक्रम गरिने र उत्कृष्ट १ सय फोटोहरुलाई बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीका लागि राखिने कार्यक्रम रहेको छ । साउन ९ गतेदेखि ३ दिन सम्म चल्ने यो प्रदर्शनीमा फोटोग्राफी सम्बन्धी जानकारी दिने स्टल समेत रहने अध्यक्ष थापाले बताए ।
फाराम बुझाउनको लागि फोटोग्राफरले काठामाडौं फोटोग्राफर संघ बानेश्वर, काठमाडौं डिजिटल फोटो एक्स्प्रेस सामाखुशी, फोटो हलिउड कमलादी, कालिका फोटो एक्सप्रेस प्रालि बसुन्धरा, सुपर डिजिटल बानेश्वर कलर ल्याब नयाँबानेश्वर, फोटो कन्सर्न न्युरोड, फोटो प्वाइन्ट न्युरोड, नेशनल कलर ल्याब क्वीक डिजिटल कलर ल्याब भक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटोग्राफर संघ पोखरा, चितवन फोटोग्राफी संघ नारायनगढ र लुम्बिनी फोटोग्राफर संघ बुटवल गरी १३ स्थानबाट फाराम तथा फोटो बुझाउन सकिने ब्यबस्था गरिएको कार्यक्रमका संयोजक धर्मराज केसीले बताए । साथै संघको फेसबुक पेज www.facebook/kpanepal को  Canan KPA Wedding Photo Award 2017 इभेन्टमा गएर बिस्तृत जानकारी लिन सकिने छ । यस प्रतियोगिताको टाइटल स्पोन्सरमा क्यानन क्यामेरा र मुख्य प्रायोजनमा प्रितिका क्यामेरा सेन्टर रहेको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०३:४३