काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि लागू हुने मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार अधिकांश बैंकले ब्याजदर यथावत् राखेका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।
असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ४.७५ प्रतिशत रहेको छ। जुन राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले प्रदान गरेका छन्। यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि यी दुई बैंकले नै ४ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्।
कुन बैंकको ब्याजदर कति ?
एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागत निक्षेपको ३ प्रतिशत कायम गरेको छ। जेठको तुलनामा दुवै शीर्षकमा ०.५ प्रतिशत बिन्दुले कमी आएको छ।
नेपाल बैंकले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिँदै व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
प्रभु बैंकले पनि ब्याजदर यथावत् राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत तथा संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ।
एभरेष्ट बैंकमा व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.०५ प्रतिशत र संस्थागत निक्षेपको ३.५ प्रतिशत रहेको छ। बैंकले अघिल्लो महिनाकै दर कायम गरेको हो।
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१० प्रतिशत र संस्थागत निक्षेपमा ३.५० प्रतिशत ब्याजदर यथावत् राखेको छ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ४.७५ प्रतिशत तथा संस्थागत निक्षेपमा ४ प्रतिशत ब्याजदर कायम गर्दै बजारकै उच्च ब्याजदर दिने बैंकमध्ये आफ्नो स्थान सुरक्षित राखेको छ।
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको दर २.७५ प्रतिशतमै कायम राखेको छ।
नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर यथावत् राखेको छ।
ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.०५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.८ प्रतिशतबाट घटाएर ४.७५ प्रतिशत कायम गरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतमै स्थिर राखेको छ।
हिमालयन बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जेठमा यी दर क्रमशः ४.२५ प्रतिशत र ३.७५ प्रतिशत थिए।
कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत तथा संस्थागत निक्षेपमा २.७८ प्रतिशत ब्याजदर यथावत् राखेको छ।
माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर कायम राखेको छ।
कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ३.९६ प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत कायम गरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३.०१ प्रतिशतमै स्थिर राखेको छ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट घटाएर ३.९५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर भने २.७५ प्रतिशतमै यथावत् रहेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको ब्याजदर ३.२५ प्रतिशतमै कायम राखेको छ।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र संस्थागत निक्षेपमा ३.०१ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ।






Comment