हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब १८ करोड भन्दा बढीको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब १८ करोड भन्दा बढीको आवेदन



काठमाडाै ६ जेठ । हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब १८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । यसमा करिब १ लाख ६० हजार जना भन्दा बढिले सेयर भरेका छन् ।

आईपीओमा ४० गुणाभन्दा बढीको सेयर आवेदन परेको देखिन्छ । सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । अझै आवेदन संख्या र रकम थप बढ्न सक्ने देखिन्छ । कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यस आधारमा सर्वसाधारणले १९ लाख ८१ हजार ६७५ कित्ता मात्र भर्न पाएका हुन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

हाल हिमालयन पावरको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकिएको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०९:५५