काठमाडौँ । किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा एसिया महादेशका मुलुकहरू मध्येबाट नेपालका खेम बहादुर पाठक दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
केन्याको राजधानी नैरोबीमा आयोजना भएको डब्लुएफओको साधारण सभा तथा वार्षिक बैठक (८–११ जुन २०२६) अन्तर्गत भएको निर्वाचनबाट पाठक आगामी २ वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
पाठकले नेपालको ग्रामीण क्षेत्रको आर्थिक-सामाजिक रूपान्तरण, गरिबी निवारण तथा साना किसानहरूको हकहितका लागि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै एसिया महादेशका देशहरुले उनलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित गरेका हुन् । केन्याको नैरोबीमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि विश्वभरका विभिन्न ७ महादेशीय कृषि सहकारी तथा किसान संगठनका नेतृत्वकर्ताहरू समेटेर नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा केन्याका डा ड्यानियल म्वेन्डाह एमुमाइलुथा र उपाध्यक्षमा अष्ट्रेलियाकी फियोना सिम्पसन निर्वाचित भएका छन्।
यसैगरी सञ्चालक समिति सदस्यहरूमा एसिया क्षेत्रबाट नेपालका खेम बहादुर पाठक सर्वसम्मत चयन भएका छन् । त्यस्तै अफ्रिका क्षेत्रबाट मौरिससका गुनशाम सीबोरुन, युरोप क्षेत्रबाट बेल्जियमका पिटर भेरहेलेट र उत्तर अमेरिका क्षेत्रबाट वेस्ट भर्जिनिया, अमेरिकाका रोब लारेउ, ल्याटिन अमेरिकाबाट इलोइसा फ्रेडकिंग सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।अघि सन् २०२४ मा पनि एसिया महादेशका मुलुकहरूको प्रतिनिधित्व गर्दै डब्लुएफओको बोर्ड सदस्यमा निर्वाचित भएका थिए ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका मुख्य सल्लाहकार र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक नेपालको सहकारी आन्दोलनका अगुवा व्यक्तित्व रहेका छन् । उनले नेपाल सरकारबाट प्रबल जनसेवा श्री चतुर्थु, नेपाल सरकारबाट सहकारी पुरस्कारु र अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसिय ० एसिया–प्रशान्त क्षेत्रबाट प्रेरणादायी सहकारी नेता जस्ता प्रतिष्ठित सम्मानबाट सम्मानित पाठक भइसकेका छन् । उनकै नेतृत्वमा कृषि केन्द्रीय संघले सन् २०२३ मा रोममा एफएओ पार्टनरसिप अवार्ड समेत प्राप्त गरेको थियो । विश्वभरका ९० भन्दा बढी देशका १ हजार भन्दा बढी किसान अगुवा, नीति निर्माता र कृषि विज्ञहरूको सहभागिता रहेको थियो ।






Comment