काठमाडौं। फोनपेले आफ्नो महिला सशक्तिकरण अभियान ‘सक्षम नारी’ सफलतापूर्वक सम्पन्न गर्दै पुल्चोकस्थित स्क्वायर होटलमा मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह आयोजना गरेको छ।
नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरण मार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘सक्षम नारी’ अभियान मार्च महिनाभर सञ्चालन गरिएको थियो। अभियानले महिलाहरूलाई क्रेडिट कार्डलाई केवल आपतकालीन भुक्तानी उपकरणका रूपमा नभई आफ्नो आकांक्षा, स्वतन्त्रता र वित्तीय आत्मविश्वासलाई सुदृढ गर्ने जीवनशैलीको महत्वपूर्ण हिस्सा रूपमा अपनाउन प्रोत्साहित गरेको थियो।
यो अभियान एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा सञ्चालन गरिएको थियो। सुरक्षित तथा सहज डिजिटल वित्तीय सेवाको प्रयोगलाई प्रवर्द्धन गर्दै महिलाहरूको डिजिटल भुक्तानी प्रणालीमा सहभागिता बढाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको फोनपेले जनाएको छ।
अभियान सम्पन्न भएको अवसरमा आयोजित विशेष ज्वेलरी हस्तान्तरण समारोहमा प्रत्येक सहभागी वित्तीय संस्थाबाट एक–एक जना गरी छ जना महिला विजेतालाई अभियानको आधिकारिक ज्वेलरी पार्टनर साजुना ज्वेलर्सद्वारा डायमण्ड ज्वेलरी प्रदान गरिएको थियो। विजेताहरूमा लक्ष्मी सनराइज बैंककी नुतन साह, सिद्धार्थ बैंककी बिनु गन्धारी, एभरेष्ट बैंककी रबिना सैंजू, कुमारी बैंककी बिष्णु माया लिम्बु, मञ्जुश्री फाइनान्सकी बिन्दु श्रेष्ठ र गरिमा विकास बैंककी अर्चना न्यौपाने रहेका छन्।
फोनपेले ‘सक्षम नारी’ जस्ता अभियानमार्फत महिलाहरूलाई आवश्यक ज्ञान, अवसर र वित्तीय उपकरण उपलब्ध गराउँदै नेपालको डिजिटल वित्तीय प्रणालीमा आत्मविश्वासका साथ सहभागी हुन सक्ने समावेशी अर्थतन्त्र निर्माणमा योगदान पुर्याइ रहेको जनाएको छ।
फोनपे नेपालकै अग्रणी भुक्तानी नेटवर्क हो। यसले बैंक, वित्तीय संस्था, वालेट, व्यापारी तथा उपभोक्ताबीच अन्तरसञ्चालनीय डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ। नवप्रवर्तनात्मक भुक्तानी समाधान र रणनीतिक साझेदारीमार्फत फोनपेले नेपाललाई नगदरहित तथा डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फ अघि बढाउन योगदान दिँदै आएको छ।






Comment