हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त



काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले शैलेश सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको जेठ १९ गते बसेको ३४३औँ बैठकले सुवेदीलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनको कार्यकाल पदभार ग्रहण गरेको मितिबाट लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सुवेदीले आगामी असार १५ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

प्रकाशित : 3 June, 2026 12:58 pm