काठमाडौं । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौंको दरबारमार्ग स्थित मेधर्म क्लिनिक्समा उपचार सेवा लिँदा विभिन्न स्वास्थ्य सेवाको शुल्कमा बिल रकमको १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा मेधर्म क्लिनिक्सका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदी ले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार उक्त सहकार्यबाट ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्नेछन्। यसले बैंकका सेवाग्राहीहरूको स्वास्थ्य पहुँचलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र युवा जनशक्तिको प्रयोगमार्फत बैंकले ग्राहक सेवामा निरन्तर सुधार गर्दै प्रतिस्पर्धी रूपमा आफ्नो उपस्थितिलाई सुदृढ बनाइरहेको जनाएको छ।






Comment