सिद्धार्थ डेभलपमेण्ट बैंकको ३८ औ शाखा सन्धिखर्कमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ डेभलपमेण्ट बैंकको ३८ औ शाखा सन्धिखर्कमा



काठमाडाै ४ असार । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३८ औ शाखा सन्धिखर्क–१, अर्घाखाँचीमा स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलज्यूले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखा उद्घाटन सँगै बैंकले एटिएम सेवा समेत शुभारम्भ गरेको छ ।
उक्त एटिएम सेवाको उद्घाटन गर्दै बंैकका अध्यक्ष राम बहादुर भण्डारीज्यूले उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले स्वागत मन्तव्य राख्दै बैंकको शाखा कार्यालय विस्तारले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउँदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार हुने बताए ।

शाखा समुदघाटन समारोह कार्यक्रममा स्थानीय विकास अधिकारी प्रदिप पौडेल, उद्योग बाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्र प्रसाद भुषाल लगायत स्थानीय उद्योगी व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रम बंैकका उप–महाप्रवन्धक ध्रुव कुमार पौडेलले सञ्चालन गरेका थिए । जनता बैंक नेपालसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेण्ट बैंकको एक्विजिशन पश्चात नेपाल भर ११२ शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने कुराको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित : ४ असार २०७४, आईतवार १२:२५