नेप्सेमा १ करोड ७० लाख कित्ताको ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेप्सेमा १ करोड ७० लाख कित्ताको ऋणपत्र सूचीकृत



काठमाडौ । चालु आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन (आईपीओ) भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ८ करोड कित्ता हकप्रद सेयर, १२ करोड कित्ता बोनस सेयर, ९ लाख कित्ता थप निष्कासन र १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र नेप्सेमा सूचीकृत भएका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म १४ कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) सूचीकृत भएपछि नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २८६ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्ता कम्पनीको सङ्ख्या २६८ रहेको थियो ।

२०८२ फागुनसम्म नेप्सेमा सूचीकृत सेयरको चुक्तामूल्य रु. ९ खर्ब ११ अर्ब ९९ करोड पुगेको छ। २०८१ फागुनसम्म यस्तो मूल्य रु.८ खर्ब ५७ अर्ब ५० करोड रहेको थियो ।

प्रकाशित : 27 May, 2026 3:07 pm