मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित : 24 May, 2026 9:37 am