नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे अदालतको आदेशपछि रिहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे अदालतको आदेशपछि रिहा




काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे हिरासत मुक्त भएका छन्।गत मङ्गलबार राति पक्राउ परेका पाण्डेलाई ले बन्दी प्रत्यक्षीकरण मुद्दामा गैरकानुनी रूपमा हिरासतमा राखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

प्रहरीले बैंकमा धितो राखिएको सम्पत्ति लिलामी गरिएको विषयमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरेको थियो। बैंकले ऋणीको सहमतिमा कानुनअनुसार धितो सम्पत्ति लिलामी गरेको दाबी गरिएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र सुरक्षित कारोबार ऐनले ऋण चुक्ता नभएको अवस्थामा बैंकलाई धितो सम्पत्ति लिलामी गर्ने अधिकार दिएको भए पनि प्रहरीले अन्य नियमावलीको आधारमा पक्राउ प्रक्रिया अघि बढाएको भन्दै वित्तीय क्षेत्रले असन्तुष्टि जनाएको थियो।

यस घटनापछि पर्याप्त आधार र प्रमाणबिना बैंकरहरू पक्राउ पर्न थालेको भन्दै बैंकिङ क्षेत्रबाट चर्को आलोचना भएको थियो। साथै, वित्तीय कानुनसम्बन्धी विषयमा प्रहरी संयन्त्रको बुझाइ र दक्षता कमजोर रहेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित : 15 May, 2026 9:07 pm