नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेको पक्राउबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेको पक्राउबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउ सम्बन्धमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

पाण्डेकी पत्नी निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनका क्रममा सरकारलाई नोक्सानी पुर्‍याउने उद्देश्यले ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो।

निवेदक दाहालले भने पाण्डेको पक्राउ गैरकानुनी रहेको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरेकी छन्। अदालतले अब दुवै पक्षसँग छलफल गरेपछि थप आदेश जारी गर्नेछ।

प्रकाशित : 14 May, 2026 3:56 pm