खुल्यो हिमालयन पावरको सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो हिमालयन पावरको सेयर



काठमाडौं, १ असार । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड (Himalayan Power Partner Limited ) ले सर्वसाधारणका लागि २१ लाख ३० हजार कित्ता शेयर आजदेखि बिक्री खुल्ला गरेको छ । यसअघि १० लाख ६५ हजार कित्ता (१० प्रतिशत) शेयर आयोजना प्रभावित लमजुङका स्थानीय बासीका लागि जारी गरी बाँडफाँट गरिसकेको कम्पनी (HPPL) ले आम सर्वसाधारणका लागि उक्त संख्यामा शेयर जारी गर्ने भएको हो ।

२१ लाख ३० हजार ८३४ कित्ता शेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता कम्पनीका कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ ।

असार १ गतेदेखि ५ गते सम्म आवेदन दिन पाइने उक्त शेयर न्युनतम ५० कित्ता देखी अधिकतम १० हजार कित्ताका लागी निवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशनन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

कम्पनीको शेयरमा आस्बा सेवा दिइरहेका सबै बैंक तथा वित्तीय संस्था साथै नियमित तर्फ यी स्थानबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १ असार २०७४, बिहीबार ०४:३८