नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउविरुद्ध सर्वोच्चमा रिट, आजै सुनुवाइ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउविरुद्ध सर्वोच्चमा रिट, आजै सुनुवाइ हुने




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेपछि उनकी श्रीमती निरु दाहाल सर्वोच्च अदालत पुगेकी हुन्।

दायर गरिएको रिट न्यायाधीश अब्दुल अजिज मुसलमान को एकल इजलासमा परेको छ। रिटमाथि आजै प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ।

सीआईबीले पाण्डेमाथि बैंकिङ कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाएको बताइएको छ।

पक्राउपछि बैंकिङ क्षेत्र र वित्तीय वृत्तमा समेत यस घटनाले चासो बढाएको छ।

प्रकाशित : 14 May, 2026 1:00 pm