आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूबाट भएका सम्पूर्ण राजनीतिक नियुक्तिहरू खारेज गर्न अध्यादेश ल्याएलगत्तै भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।


भट्टको यो राजीनामा एउटा पूर्वनिर्धारित राजनीतिक घटनाक्रमकै परिणाम थियो । उद्योगमन्त्री गौरीकुमारी यादवले एक हप्ताअघि नै भट्टलाई बोलाएर ‘सरकारलाई सहज बनाउन राजीनामा दिन’ निर्देशन दिएकी थिइन् । राजीनामा नदिएको खण्डमा बर्खास्तगीको प्रक्रिया अगाडि बढाइने जानकारी पनि मन्त्री यादवले दिएको स्रोतले जनाएको छ । आफैंले राजीनामा दिएर मार्गप्रशस्त गरेको भन्दै भट्टले निगम कर्मचारीहरूसँग भनेका छन् ।”

प्रकाशित : 13 May, 2026 5:16 pm