सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त



काठमाडौं  ३१ जेठ। सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएका हुन् ।

अध्यक्ष पदमा नियुक्त हुनुअघि श्रेष्ठ सोही बैंकको सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथै, उनी पोखराको फेवा सिटी हस्पिटलको निर्देशक हुन् ।

श्रेष्ठ त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त पोखराको गण्डकी मेडिकल कलेजको प्रधानअध्यापक पनि हुन् ।विभिन्न सामाजिक संस्थाहरुमा संलग्न श्रेष्ठ पोखराको बाग्लुङ समाजको पूर्व अध्यक्ष थिए ।

प्रकाशित : 14 June, 2017 2:29 am