एनआईसी एशिया लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। बैशाख ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणमा नियमानकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरुको व्यवस्था गरेपश्चात लघुवित्तको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सोही बैठकले गरेको छ।

प्रकाशित : 20 April, 2026 11:27 am