काठमाडाै । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । वन–जंगल संरक्षण तथा सम्बर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न, साथै ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन बन्द गरी अवैध क्रसर उद्योगहरू बन्द गरिनुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सिंहदरबारको ढोका कसको लागि खुल्छ ? राष्ट्रको समस्या कहिले देख्दैन सरकार ? भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सहभागीहरूले सरकारको ध्यान वातावरणीय समस्यातर्फ आकर्षित गराएका छन्।










Comment