किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, सेवा प्रवेशको २० वर्षमै उच्च पद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, सेवा प्रवेशको २० वर्षमै उच्च पद

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकका नव नियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्।

शपथ ग्रहणसँगै पण्डितले औपचारिक रूपमा आफ्नो पदभार समेत सम्हालेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार उनलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो। शपथ समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। साथै, उनले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए। राष्ट्र बैंकमा लामो अनुभव बोकेका पण्डितको नियुक्तिले नीतिगत तथा प्राविधिक नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार २१:३३ 7 April, 2026 9:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।