अब एक दिनमै श्रम स्वीकृति, टोकन प्रणाली हटाइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब एक दिनमै श्रम स्वीकृति, टोकन प्रणाली हटाइयो



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि प्रक्रिया सहज बनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाउँदै अब एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।

सरकारले श्रमिकहरूको अभिमुखीकरण पूर्णरूपमा अनलाइन माध्यमबाट प्रदान गर्ने व्यवस्था पनि गरेको छ। निर्णय अनुसार, डिजिटल प्रणालीबाटै श्रमिकहरूलाई आवश्यक जानकारी र प्रशिक्षण उपलब्ध गराइनेछ।

साथै, मन्त्रालयले न्यूनतम ज्याला कार्यान्वयन, औद्योगिक क्षेत्रमा जोखिम मूल्याङ्कन, र श्रमिकको स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धनमा पनि जोड दिने जनाएको छ। त्यस्तै, सरकारले थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने निर्णय लिएको छ।

प्रकाशित : 30 March, 2026 2:03 pm