नविल बैंकद्वारा ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

नविल बैंकद्वारा ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाडौं । ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन नविल बैंकले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । यस बैंक (साविक युनाइटेड फाइनान्स र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ बर्ष भन्दा पहिले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय शेयर धनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त लाभांश लिन आग्रह गरेको हो ।

कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम सम्बन्धित शेयरधनी महानुभावहरूमा जानकारी गराउँदै यसरी नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरूले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौर, काठमाडौंमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै, सूचना प्रकाशित भएको मितिले महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझिलिन सूचित गर्दै तोकिएको अवधिभित्र बुझिलिन आग्रह गरेको छ । बैंकले तोकेको यस समयभित्र नगद लाभांश बुझन नआएमा सो रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको “लगानीकर्ता संरक्षण कोष मा दाखिला र जम्मा हुने जनाएको छ ।

बैंकले शेयरधनीहरूले बुझिलिन बाँकी रहेको आ.व.२०७५/०७६ सम्मको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा दाखिला र जम्मा गरेको रकम समेत बैंकको शेयर रजिष्ट्रार मार्फत माग गर्न सकिने बताएको छ ।

प्रकाशित : १५ चैत्र २०८२, आइतबार १२:४० 29 March, 2026 12:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।