वाणिज्य विभागको अनुगमन: दुई फर्म कारबाहीमा, ११ लाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य विभागको अनुगमन: दुई फर्म कारबाहीमा, ११ लाई निर्देशन



काठमाडौँ । कानुनविपरीत व्यापार व्यवसाय सञ्चालन गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँ महानगरपालिका–सिनामङ्गलस्थित जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको हो ।

त्यस्तै, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरिएको विभागले जनाएको छ । उक्त दुवै फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पुष्टि भएपछि कानुनी कारबाहीस्वरूप जरिवाना गरिएको विभागको भनाइ छ ।

यसैबीच, अनुगमनकै क्रममा कैफियत देखिएका थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । विभागले ती फर्मलाई आवश्यक कागजात व्यवस्थापन, मूल्य सूची प्रदर्शन तथा गुणस्तर कायम गर्न निर्देशन दिएको जनाएको छ ।

प्रकाशित : 20 March, 2026 11:17 am