याडिया स्कुटरमा ‘चैत्र मेगा एक्सचेञ्ज कार्निभल’, पुरानो स्कुटर साटेर नयाँ किन्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

याडिया स्कुटरमा ‘चैत्र मेगा एक्सचेञ्ज कार्निभल’, पुरानो स्कुटर साटेर नयाँ किन्न पाइने



काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘चैत्र मेगा एक्सचेञ्ज कार्निभल’ योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ याडिया इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि सञ्चालन गरिनेछ। एक्सचेञ्ज कार्निभलमा ग्राहकले पुरानो सवारीको आकर्षक मूल्यांकन, विशेष छुट तथा विभिन्न अफर पाउनेछन्। यस योजनामार्फत ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

कुजु नेपालका अनुसार कार्निभलमा विशेषगरी याडियाका लोकप्रिय मोडेलहरूमा आकर्षक अफर उपलब्ध गराइनेछ। योजना अन्तर्गत ग्राहकले एक्सचेञ्ज बोनस, नगद छुट तथा सजिलो किस्ताबन्दी ९फाइनान्स० सुविधासमेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीले नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा यस्तो योजना ल्याइएको जनाएको छ। विद्युतीय स्कुटरले इन्धन खर्च घटाउनुका साथै वातावरणमैत्री सवारीका रूपमा पनि उपभोक्तामा लोकप्रिय बन्दै गएको कम्पनीको भनाइ छ।

कुजु नेपालका अनुसार ग्राहकले देशभरका आधिकारिक याडिया शोरुममार्फत उक्त योजनाको लाभ लिन सक्नेछन्। कम्पनीले आगामी दिनमा पनि ग्राहक लक्षित यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित : 18 March, 2026 6:26 pm