काठमाडौं २४ जेठ । नेपाल बङ्गलादेश बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले जुनियर एक्जुक्युटिभ अफिसर, एसिस्टेन्ट/सुपरभाइजर र जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा आवेदन माग गरेको हो ।
बैंकले जुनियर एक्जुक्युटिभ अफिसरका लागि स्नातकोत्तर उर्तीण र बैंकिङ क्षेत्रमा ५ वर्षको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ ।
एसिस्टेन्ट/सुपरभाइजर र जुनियर असिस्टेन्टका लागि स्नातक उर्तीणले आवेदन दिन सक्ने छन् ।
आवेदकले www.nbbl.com.np बाट अनलाइन र्फम भर्न सक्ने छन् । आवदेन असार १ गतेसम्म आवेदन दिन सक्ने छन् ।
Comment