सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता, गगन थापा पछि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता, गगन थापा पछि



सर्लाही । प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।

अमरेशले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत पाएका छन् ।

जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् । जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् ।

बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलोपटक औपचारिक रुपमा प्रारम्भिक मत सार्वजनिक भएको हो ।

प्रकाशित : 6 March, 2026 2:44 pm