कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ सञ्चालकसँग पुनः स्पष्टीकरण माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ सञ्चालकसँग पुनः स्पष्टीकरण माग



काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकसँग नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण माग गरेको छ।

केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा। ओम प्रकाश मिश्र तथा सञ्चालकहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई १० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

यसअघि राष्ट्र बैंकले २०८२ असोज २८ गते १५ दिनको समयसीमा निर्धारण गर्दै अध्यक्ष र सञ्चालकहरूलाई पदबाट किन नहटाउने भन्ने स्पष्ट कारणसहित जवाफ पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको अवधिभित्र सम्बन्धित पदाधिकारीबाट कुनै प्रतिक्रिया प्राप्त नभएको जनाउँदै केन्द्रीय बैंकले पुनः सूचना प्रकाशन गरेको हो।

नयाँ सूचनाअनुसार सम्बन्धित पदाधिकारीहरूले आफ्नो लिखित स्पष्टीकरण राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयस्थित वित्तीय संस्था सुपरीवेक्षण विभाग वा व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्ज–बाँकेमा बुझाउन सक्नेछन्।

प्रकाशित : 1 March, 2026 1:33 pm