लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३ लाख १६ हजार ३०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ।

प्रकाशित : 27 February, 2026 11:28 am