निर्वाचनका दिन हवाई उडान बन्द नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचनका दिन हवाई उडान बन्द नहुने



काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ। निर्वाचन आयोगले मतदानको दिन विमानस्थलदेखि घर वा होटलसम्म र फर्कने यात्रामा एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनेको छ।

यसअघि निर्वाचनमा आन्तरिक उडान बन्द गर्ने प्रचलन थियो र नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गरेको थियो। १४ फागुन, काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको हो । निर्णय अनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत सञ्चालन हुनेछन् ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घररबसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो । सोही अनुसार नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गरेको थियो ।

प्रकाशित : 26 February, 2026 1:50 pm