काठमाडौ । विदेशी पर्यटकको नाममा नक्कली उद्धार देखाई बीमा रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई फागुन १२ र १३ गते नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घ नेपाल (एओएएन) का पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेका छन्। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार ट्रेकिङ, हेलिकोप्टर सेवा, अस्पताल र बीमा कम्पनीबीच समन्वय गरी नक्कली कागजात तयार गरेर रकम दाबी गरिएको आशंकामा छानबिन जारी छ।






Comment