काठमाडौ २३ जेठ । सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् ।
सिद्धार्थ बैंकमै डेपुटी सिइओ रहेका उनलाई सोमबार बसेको सञ्चालक समितीको बैंठकले कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि बैंकका सीइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि प्रखुम कार्यकारीको पद रिक्त भएको थियो ।
Comment