सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई सो शेयर बिक्री गर्न आवश्यक कारवाही प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित : 16 February, 2026 9:52 am