काठमाडाै १९ जेठ । अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्। शर्मालाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो।
लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरेलगायतका उजुरीका आधारमा अख्तियारले पक्रेको हो।
Comment