कांग्रेसले बनायो थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेसले बनायो थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार



काठमाडौँ। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगन कुमार थापालाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा राखिएको प्रस्तावमा कांग्रेसका नवनिर्वाचित सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने स्पष्ट प्रस्ताव समावेश थियो।

यसपटक थापा परम्परागत काठमाडौं–४ क्षेत्र छोडेर सर्लाही–४ बाट प्रतिनिधि सभामा उम्मेदवार हुँदैछन्। उपसभापति विश्वप्रकाश शर्माले भने, “कांग्रेसले गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।”

यसअघि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका छन्।

प्रकाशित : 23 January, 2026 4:25 pm