लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार टिभी

लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कम्पनीकाे चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ।

प्रकाशित : २७ पुस २०८२, आइतबार १३:२२ 11 January, 2026 1:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।