युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने निर्णय

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।

त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा विदेश पलायन र मन्दीकै प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको उल्लेख गरिएको छ। यी कारणले संस्थाको निष्क्रिय कर्जा वृद्धि भई आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थामा खर्चिनु परेकाले मुनाफा घट्नुका साथै नगद प्रवाहमा नकारात्मक असर परेको बोर्डको ठहर छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए तापनि, वर्तमान अवस्थाको गाम्भीर्यतालाई ध्यानमा राख्दै वित्तीय संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरण योग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मतिले गरिएको संस्थाले जनाएको छ।

प्रकाशित : २३ पुस २०८२, बुधबार १३:२९ 7 January, 2026 1:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।