टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’




 
काठमाडौं | नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैठौ संस्करणमा “खल्ती”ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।
 
यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागि हुँदैछ, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ । 
 
यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु . ५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् ।  राष्ट्रिय स्तर मै सबैभन्दा ठुलो भलीबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।
 
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भन्नुभयो, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।”

प्रकाशित : 6 January, 2026 3:05 pm